पोखरा, २६ फागुन २०८०/
काभ्रेमा रक्सीले मातेकी एक महिलाले आज एकाबिहानै आफ्नो श्रीमानको हत्या गरेकी छिन्। काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कोटतिमालकी ४० बर्षीय कमला परियारले आज बिहान ५९ बर्षीय धनबिर दमाई परियारलाई हत्या ब्गरेकी हुन्।
धनबिर दमाई परियारलाई आफ्नै श्रीमति कमला परियारले लठ्ठीले टाउकोमा हानेर हत्या गरेको प्रहरीले बताएको छ । कमलाले मादक पदार्थ सेवन गरी आफ्नै घर भित्र निगालोको लठ्ठिले टाउकोमा हान्दा मृत्यु भएको विवरण जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उपलब्ध गराएको छ । कमला परियारलाई नियन्त्रणमा लिएर कोटतिमालको चौकीमा राखिएको छ ।