रुसमा रोजगारी दिलाई दिने प्रलोभन देखाएर ठुलो रकम ठगी गरेको आरोपमा लमजुङकी युवती काठमाण्डौबाट पक्राउ

रुसमा रोजगारी दिलाई दिने प्रलोभन देखाएर ठुलो रकम ठगी गरेको आरोपमा लमजुङकी युवती काठमाण्डौबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 10.4K
    Shares

पोखरा, २४ फागुन २०८०/

भिजिट भिसामा रुस पठाएर रोजगारी दिलाई दिने प्रलोभन देखाएर ठुलो रकम ठगी गरेको आरोपमा प्रहरीले लमजुङकि एक युवतीलाई काठमाण्डौबाट पक्राउ परेकी छिन्। लमजुङ दुधपोखरी गाउँपालिका–१ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–११ बानियाँटार बस्ने ३० बर्षिय बिनिता गुरुङ भिजिट भिसामा रुस पठाएर रोजगारी दिलाई दिने प्रलोभन देखाएर ठुलो रकम ठगी गरेको आरोपमा पक्राउ परेकी हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गुरुङले बुढालाई प्रलोभनमा पारी पटक–पटक गरी ३ लाख ४६ हजार रुपैयाँ र १ हजार अमेरिकी रकम लिई सम्पूर्ण भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाई दिएकी थिइन् ।

गुरुङले एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफै लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर बुढालाई रसिया पठाएकी थिइन् । तर रसिया पुगे पश्चात् बुढालाई एयरपोर्टबाटै नक्कली कागजात भएको भनी फिर्ता पठाइएको थियो ।

नेपाल फर्किएपछि पीडित बुढाले वैदेशिक रोजगार विभाग आई निवेदन दिएका थिए । सोही आधारमा कार्यालयबाट खटिएको टोलीले ठगी गरी फरार रहेकी गुरुङ फागुन २१ गते बानियाँटारबाट पक्राउ गर्न सफल भएको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अभियुक्त गुरुङले एसएलसी फेल भएका भीमबहादुर बुढालाई भिजिट भिसामार्फत वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु भन्दै सम्पूर्ण भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाई दिएकी प्रहरीले जानकारी दिएको छ। अभियुक्त गुरुङले बुढालाई रुस पठाउन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारीहरुसंग सेतिङ्ग समेत गरेको प्रहरीको दाबी छ।

प्रतिक्रिया
सम्बन्धित समाचार