पोखरा, २१ फागुन २०८०/
आफ्नै होटलमा काम गर्ने युवतीलाई वलात्कार गरेको आरोपमा गोरखाबाट एक जना होटल संचालक पक्राउ परेका छन्। गोरखा नगरपालिकाको वडा नम्बर ११ बार्हकिलोमा होटेल ब्याबसाय गर्दै आएका ४१ वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले आफ्नै होटलमा काम गर्ने २१ वर्षीय युवतीलाई वलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।
२०८० फागुन १५ गते बिहान साँढे ११ बजे अभियुक्त बस्नेतले आफ्नै होटलमा काम गर्ने ती युवतीलाई होटेलमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको प्रहरीले आरोप लगाएको छ।
अभियुक्त बस्नेतबिरुद्ध जिल्ला अदालत गोर्खामा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए।