शनिबारको बिदामा ग्यारेजमा तास खेलेर रमाइलो गरिरहेका ग्यारेज सञ्चालकसहित छ जना मजदुर पोखराबाट पक्राउ

शनिबारको बिदामा ग्यारेजमा तास खेलेर रमाइलो गरिरहेका ग्यारेज सञ्चालकसहित छ जना मजदुर पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ फाल्गुन २०८०
  • 8.9K
    Shares

पोखरा, २१ फागुन २०८०/

शनिबार बिदाको दिन आफुले नै काम गरिरहेको ग्यारेजमा बसेर तास खेलेर रमाइलो गरिरहेका छ जना मजदुरहरुलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -८ सभागृह चोकस्थित गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेका उनीहरूलाई शनिबार साँझ प्रहरीले गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने बर्ष ४० का रमेश शाह, भारतको बिहार घर भई हाल सभागृहचोक बस्ने बर्ष ३५ का उपेन्द्र चौधरी, बर्ष २५ का मुकेश शाह, बर्ष ३४ का राकेश शर्मा, सप्तरी घर भइ हाल सभागृहचोक बस्ने बर्ष २७ का सुजित चौधरी र पोखरा-१४ चाउथे बस्ने बर्ष ४३ का ग्यारेज सञ्चालक गोपाल बस्नेत छन् ।

प्रहरीले उनीहरूको साथबाट एक लाख ४० हजार चार सय ५० नेपाली रूपैयाँ र तीन हजार दुई सय भारतीय रूपैयाँ बरामद गरेको छ।

पक्राउ परेकाहरुबिरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार