पोखरा, २० फागुन २०८०/
गोरखामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एक जना युवाको मृत्यु भएको छ । शनिबार राती ९ः३० बजेको समयमा सिरानचोक गाउँपालिका–७ को भालुस्वाराँमा बां ९१ प ४५८ नम्बरको मोटर साईकल अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुदा एक जनाको मृत्र्यु भएको हो।
उक्त दुर्घटनामा परेर सिरानचोक गाउँपालिका वडा नम्वर ६ नयाँसाघुँका २७ बर्षीय मिलन थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार मगर घाइते भएका थिए । गोरखा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक शेखर खड्काले बताए ।
मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र फरार चालक गोरखा नगरपालिका-३ नारेश्वर बस्ने बर्ष ३० को राजेश परियारको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।