हङकङ पुरुष टी–२० त्रिकोणीय सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा

हङकङ पुरुष टी–२० त्रिकोणीय सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० फाल्गुन २०८०
  • 9.6K
    Shares

क्रिकेटर रोहित पौडेल

पोखरा, २० फागुन २०८०/

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ पुरुष टी–२० त्रिकोणीय सिरिज खेल्न रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्शन झा, सन्दीप जोरा, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द, आरिफ शेखविवेक यादव र अविनाश बोहरा छन्।

हङकङ क्रिकेट संघले यही मार्च ९ देखि १३ तारिखसम्म नेपाल, हङकङ र पपुवान्युगिनी (पीएनजी) सम्मिलित टी-२० सिरिज सञ्चालन गर्दै छ। सिरिजअन्तर्गत मार्च १० मा नेपाल हङकङसँग भिड्नेछ। यस्तै मार्च १२ मा नेपाल पीएनजीसँग खेल्नेछ भने दोस्रो खेलमा हङकङ र पीएनजी भिड्ने छन्। फाइनल खेल मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको हुनेछ।

प्रतिक्रिया