छोरी जन्माएर मारे पछि भागेकी एक महिला १० वर्षपछि गोरखामा पक्राउ

छोरी जन्माएर मारे पछि भागेकी एक महिला १० वर्षपछि गोरखामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ फाल्गुन २०८०
  • 4.8K
    Shares

गोरखा, १९ फागुन २०८०/

छोरी जन्माएर मारे पछि भागेकी एक महिला १० वर्षपछी गोरखामा पक्राउ परेकी छिन। २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी शहिदलखन गाउँपालिका ७ बुंकोटकी ३६ वर्षीया मञ्जु श्रेष्ठलाई प्रहरीले मंगलबार प्रहरीले गोरखाबाट पक्राउ गरेको हो।

सर्वोच्च अदालतको २०६९ साल चैउ २३ गतेको फैसलाले उनलाई दुई वर्ष कैद सजायं भएको थियो। यस अघि श्रेष्ठलाई गोरखा जिल्ला अदालतले २०६८ सालको माघ ३ गते तीन महिना कैद र पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । १० वर्ष पछि मंगलबार पक्राउ परेकी अभियुक्त श्रेष्ठलाई फैसला कार्यन्बयाँ गर्न शुक्रबार जिल्ला अदालत गोरखामा बुझाइएको प्रहरीले जानकारी दिएको छ। ,

प्रतिक्रिया
सम्बन्धित समाचार