पर्वतमा शृङ्खलाबद्ध चोरी गरेको आरोपमा रोल्पाका युवा चोर्दाचोर्दै पक्राउ : ३५ तोला सुन र ११ लाख रकम बरामद

पर्वतमा शृङ्खलाबद्ध चोरी गरेको आरोपमा रोल्पाका युवा चोर्दाचोर्दै पक्राउ : ३५ तोला सुन र ११ लाख रकम बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ फाल्गुन २०८०
  • 5.2K
    Shares

पोखरा, १९ फागुन २०८०/

पर्वत जिल्लामा शृङ्खलाबद्ध चोरी गरेको आरोपमा रोल्पाका एक युवा ठुलो मात्रामा गरगहना र रकम्सित पक्राउ परेका छन्।

रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वत जिल्लाका बिभिम्मा स्थानहरुमा शृङ्खलाबद्ध चोरी गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे पक्राउ परेका हुन् ।

कटुवाचौपारीमा स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलमा चोरी गर्दैगर्दा स्थानीय बासिन्दाहरुले अभियुक्त परियारलाई समातेर प्रहरीमा बुझाएका बताइएको छ।

अभियुक्तको साथबाट प्रहरीले ३५ तोला ७२ लाल सुन, ११ लाख १५ हजार चार सय ८५ नगद, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए।

डिएसपी भुसालका अनुसार चोरी गर्ने व्यक्तिबाट दुई थान मोबाइल, नेपालको नक्सा एक थान, नेपालको सडकको नक्सा एक थान, हसिया एक थान, निजको नागरिकता, वायरलेस सिसी टिभी क्यामेरा एक थान, हार्डडिक्स एक थान र एलइडी मनिटर एक थान बरामद गरिएको छ ।

त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्याम्बर, स्क्रुड्राइभर, जीआई पाइप, टर्च विभिन्न चाबीका झुप्पाहरु, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावरबैङ्क, डिजिटल तौल मेसिन बरामद गरिएको छ ।

अभियुक्त परियार यसअघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्दामा चार वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाइएको छ। शुरुमा केन्द्रीय कारागार काठमाडौं र पछि झुम्का कारागार सुनसरीमा बसेको तथा त्यहाँ बस्दा आपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलबाट छुटिसकेपछि गिरोहको रुपमा चोरी गर्न थालेको बयान परियारले प्रहरीलाई दिएको छ ।

परियारलाई शुक्रबार नै जिल्ला अदालतमा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान कार्य सुरु गरिएको प्रहरी नायब उपरीक्षक भुसालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार