पोखराको जाल्पारोडमा बेश्यावृत्ति गराएको आरोप लागेका खाजा घर संचालक भुजेल समातिए

पोखराको जाल्पारोडमा बेश्यावृत्ति गराएको आरोप लागेका खाजा घर संचालक भुजेल समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 137.6K
    Shares

बेश्यावृत्ति गराएको आरोपमा पोखराबाट पक्राउ परेका होटल संचालक केशब भुजेल

पोखरा, १८ फागुन २०८०/

पोखराको जाल्पारोडमा बेश्यावृत्ति गराएको आरोप लागेका एक खाजा घर संचालक आज समातिएका छन्। पोखरा महानगरपालिका वडा नं.८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका संचालक काभ्रेपलान्चोकको पाँचखाल स्थायी घर भएका ३७ वर्षीय केशब भुजेललाई बिहिबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, भुजेलले संचालन गरेको काभ्रेली खाजा घरबाट गएको पुष १९ गते यौनजन्य गतिबिधि गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले तीन जना व्यक्तिहरुलाई पक्राउ गरेर मानव वेचविखन तथा ओसार पसार सम्बन्धी मुद्दा चलाएको थियो। त्यतिबेला भागेका खाजा घर संचालक भुजेललाई प्रहरीले पोखराको मालेपाटनबाट पक्राउ गरीको बताएको छ। अभियुक्त भुजेललाई प्रहरीले जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार