पोखरा, १६ फागुन २०८०/
गएको मध्यराती पोखराको बागलुङ बसपार्कमा झडप हुँदा दुई जना घाइते भएका छन्। झडपका क्रममा काठको मुडाले हान्दा दुई जना घाइते भएका छन्।
पोखरा महानगरपालिका वडा नं.२ स्थित बाग्लुङ बसपार्कमा भएको झडपमा परेर स्थानीय वर्ष ७० का देव राउत र वर्ष ६० की रुकमणी श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुलाई तत्काल उपचारका लागि साहारा अस्पताल पठाइएको प्रहरीले बताएको छ।
उनीहरुलाई प्युठान स्थायी घर भई हाल पोखरा २ बाग्लुङ बसपार्क बस्ने वर्ष २६ को सुमन के.सी.ले काठको मुडाले हानेको प्रहरीले दाबी गरेको छ।
काठको मुडाले हानेर भागेका केसीलाई प्रहरीले आज बिहान पोखरा २ स्थित नालामुखबाट पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान
प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ। ।