कर्णालीको नाममा दर्जन परियोजना, उपलब्धि शून्य

कर्णालीको नाममा दर्जन परियोजना, उपलब्धि शून्य


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २५ फाल्गुन २०७३
  • 13.2K
    Shares

विभिन्न दातृ निकायको सहयोगमा सरकारले सञ्चालनमा ल्याएको कर्णाली र दुर्गम क्षेत्र केन्द्रित कार्यक्रमको उपलब्धि अपेक्षाकृत देखिएको छैन । कारोबार दैनिकले कर्णालीका नाममा दर्जन परियोजना, उपलब्धि शून्यलाई मुख्य समाचार बनाएको छ । पाइलटको भत्ता बढाउने प्रस्ताव अर्थबाट फिर्तालाई पनि कारोबारले उल्लेख गरेको छ । पश्चिम सेतीमा फेरि अलमल भएकोलाई पनि कारोबारले लेखेको छ ।

वित्तीय क्षेत्रमा दोस्रो चरणको सुधार सुरु भएकोलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । ‘सबैले बाले मिलीजुली, कहिल्यै जाँदैन बिजुली’लाई नागरिकले उल्लेख गरेको छ । त्यस्तै वैदेशिक रोजगारीमा महिला आकर्षण बढ्दोलाई पनि नागरिकले समाचार बनाएको छ ।

सरकारकै अस्पष्टताले लगानीकर्ता अन्योलमा परेकोलाई आर्थिक अभियानले मुख्य समाचार बनाएको छ । अर्थतन्त्रमा मूल्य अभिवृद्धि गर्ने बैंङ्किङमा जोडलाई अभियानले उल्लेख गरेको छ । दीगो विकासका लागि उत्तरदायी बैंकिङ आवश्यकलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । ‘त्रिभुवन विमानस्थल विस्तार आयोजना पुनः टेन्डर’लाई पनि नयाँ पत्रिकाले लेखेको छ । त्यस्तै अक्सन मार्केट अझै अन्योलमा भएकोलाई पनि नयाँ पत्रिकाले समाचार बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार