पोखरा, १६ फागुन २०८०/
आफूलाई सामाजिक अभियन्ता बताउने “बिबादश्पद” शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ परेकी छिन्। कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो।
वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।