१२ वर्षीया बालिकालई भगाएर गोरखा ल्याई पटक-पटक वलात्कार गर्ने युवा काठमाण्डौमा पक्राउ

१२ वर्षीया बालिकालई भगाएर गोरखा ल्याई पटक-पटक वलात्कार गर्ने युवा काठमाण्डौमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 41.5K
    Shares

१२ वर्षीया नाबालिका वलात्कार गरेको आरोप लागेका प्रदिप लामा लोप्चन

पोखरा, १४ फागुन २०८०/

गोरखामा १२ वर्षीया नाबालिकालाई वलात्कार गरेको आरोप लागेका एक युवालाई प्रहरीले काठमाण्डौमा पक्राउ गरेको छ।

१२ वर्षीया बालिकालाई गोरखामा पटक-पटक वलात्कार गरेको आरोप लागेका चितवनको भरतपुर महानगरपालिका–१८ घर भइ काठमाडौ महानगरपालिका–४ वालुवाटार बस्ने ३२ वर्षिय प्रदिप लामा लोप्चनलाई १२ वर्षीया बालिकालाई गोरखामा पटक-पटक वलात्कार गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो।

अभियुक्त लोप्चानाले ती बालिकालाई गएको माघ २१ गते ललाई फकाई काठमाण्डौबाट गोरखाको पालुङटार नगरपालिका वडा नं.५ मा पुर्याएर फागुन १ गते देखि ६ गतेसम्म पटक-पटक जवरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाडौंमा जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ।

उक्त उजुरी पछि महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाडौबाट खटिएको प्रहरी टोलीलले फागुन १२ गते आरोपित लामालाई पक्राउ गरेर साोमबार जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको प्रहरीले बताएको छ ।

आरोपित विरुद्ध जवरजस्ती करणी कसुर शीर्षकमा जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरी हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार