भीमदत्त १८ को वडा कार्यालयभित्र नगर प्रहरीको श्रीमती मृत भेटिइन्, सीसीटीभी खोतल्दै प्रहरी

भीमदत्त १८ को वडा कार्यालयभित्र नगर प्रहरीको श्रीमती मृत भेटिइन्, सीसीटीभी खोतल्दै प्रहरी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ फाल्गुन २०८०
  • 9.4K
    Shares

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को कार्यालय

पोखरा, १३ फागुन २०८०/

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन्। आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

‘बिहान योगा गर्न जाने मान्छेले शव देखेका रहेछन्। चार बजे हामीलाई खबर आएको थियो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले भने, ‘अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ।’ दार्चुलाबाट माइती पक्ष आइरहेकाले त्यसपछि घटना विवरण खुल्ने उनको भनाइ छ।

मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन्। प्रेम सम्बन्धपछि केही महिना पहिले उनीहरुले बिहे गरेका थिए।

नगर प्रहरीलाई वडा कार्यालयमा ‘क्वाटर’ दिइएको थियो। श्रीमतीसहित उनी वडा कार्यालयको क्वाटरमा बस्ने गरेका थिए।

घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ। माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ।

प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमान्‌सँग सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार