आज देशका यी स्थानमा हिमपातको सम्भावना

आज देशका यी स्थानमा हिमपातको सम्भावना


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ फाल्गुन २०८०
  • 5K
    Shares

पोखरा, १३ फागुन २०८०/

आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार