बार्सिलोनाका पूर्वफुटबलर ड्यानी अल्भेस बलात्कार मुद्दामा दोषी ठहर, साढे चार वर्ष जेल

बार्सिलोनाका पूर्वफुटबलर ड्यानी अल्भेस बलात्कार मुद्दामा दोषी ठहर, साढे चार वर्ष जेल


  • एजेन्सीहरु
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 2.7K
    Shares

बार्सिलोनाका पूर्वफुटबलर ड्यानी अल्भेस

पोखरा, ११ फागुन २०८०/

बार्सिलोनाका पूर्वफुटबल खेलाडी ड्यानी अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्षको कैद सजाय हुने फैसला भएको छ।

२०२२ डिसेम्बर ३१ मा बार्सिलोनास्थित नाइट क्लबमा एक युवतीलाई बलात्कार गरेको ठहर गर्दै बिहीबार त्यहाँको प्रान्तीय अदालतले अल्भेसलाई साढे ४ वर्ष जेल सजाय सुनाएको हो।

साथै अल्भेसबाट पीडितलाई १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउनसमेत अदालतले आदेश दिएको छ।

आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबी गरे पनि २३ वर्षीय महिलाले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएपछि आल्भेज २०२३ जनवरीदेखि हिरासतमा छन्।

अल्भेसका कानुन व्यवसायीले भने अदालतको उक्त आदेशविरुद्ध माथिल्लो अदातलमा पुनरावेदन गर्ने बताएका छन्।

अल्भेसले बार्सिलोनाको नाइट क्लबमा २३ वर्षीय युवतीलाई मदिरा खुवाएर फकाइफुल्याई शौचालयमा लगी बलात्कार गरेका थिए।

प्रतिक्रिया