चोरीको आरोपमा १३ पटक झ्यालखानामा परेका झ्याइझ्याइ जेलबाट छुटेको तीन साता नबित्दै फेरि समातिए

चोरीको आरोपमा १३ पटक झ्यालखानामा परेका झ्याइझ्याइ जेलबाट छुटेको तीन साता नबित्दै फेरि समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ फाल्गुन २०८०
  • 5.5K
    Shares

पोखरा, ९ फागुन २०८०/

चोरीको आरोपमा पक्राउ परेर १३ पटकसम्म झ्यालखानामा परेका नवलपुरका एक जना व्यक्ति छुटेको तीन हप्ता नपुग्दै फेरी चोरीको आरोपमा पक्राउ परेका छन्।

कावासोती १० मगरकोट निवासी ४३ बर्षीय ‘झ्याइझ्याइ’ नामले चिरपरिचित चोर पछिल्लो पटक जेलबाट छुटेको तीन हप्ता पनि नवित्दै फेरि प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको हो ।

पछिल्लो समय कावासोतीका विभिन्न मन्दिरहरुमा चोरीका घटनामा सम्लग्न रहेको आरोपमा उनलाई पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।

उनको साथसँगै प्रहरीले कावासोती ८ निवासी ४१ बर्षीय कान ठाडे भन्ने लक्ष्मण श्रेष्ठ एक जना सहयोगीलाई पनि पक्राउ गरेको छ । उनीहरुले पछिल्लो समय मन्दिरमा रहेका दान पेटिकाका पैसाहरु चोर्ने गरेको पाइएको छ । उनीहरुले कावासोतीका ५÷७ वटा मन्दिरमा चोरी गरेको स्वीकार गरेका छन् ।
प्रहरीले उनीहरुको साथबाट चोरी गरेको नगद र चोरीमा प्रयोग हुने उपकरणहरु पनि बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार