तीन किलो गाँजासहित हेटौडाका घलान पोखरामा समातिए

तीन किलो गाँजासहित हेटौडाका घलान पोखरामा समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ फाल्गुन २०८०
  • 5.2K
    Shares

लागू औषध गाँजासहित पक्राउ परेका भिम बहादुर घलान

पोखरा, ९ फागुन २०८०/

अबैध लागू औषध गाँजा सहित हेटौडाका एक जना युवा पोखरामा समातिएका छन्। मकवानपुरको हेटौडा नगरपालिका वडा नं. १८ बस्ने २९ वर्षीय भिमबहादुर घलान तीन किलोग्राम अबैध लागू औषध गाँजासहित पोखराबाट समातिएका हुन्।

बस चढेर पोखरा आउदै गर्दा पोखरा पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसमा चेकजाँचका क्रममा उनलाई सोमबार राती करीब साढे नौ बजेको समयमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त घलानबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद
थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार