पोखरा ल्याइदै गरेको सुन्तला बोकेको जिप सल्यानमा दुर्घटनाग्रस्त : जिप चालक तनहुँका बिकको मृत्यु

पोखरा ल्याइदै गरेको सुन्तला बोकेको जिप सल्यानमा दुर्घटनाग्रस्त : जिप चालक तनहुँका बिकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 16.2K
    Shares

पोखरा, ८ फागुन २०८०/

पोखरा ल्याइदै गरेको सुन्तला बोकेको एक बोलेरो जिप सोमबार साँझ सल्यानमा दुर्घटनाग्रस्त भएको छ। सल्यानको जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला लोड गरी मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्री सडकमा सोमबार साँझ दुर्घटना भएको थियो।

दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी ३५ वर्षीय अर्जुन विक गम्भीर घाइते भएका थिए। उनको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उकालोमा चढ्न नसकी अनियन्त्रित भई जिप सडकमै पल्टिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार