१९ वर्षीया युवतीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा स्याङ्जाका बिक पक्राउ

१९ वर्षीया युवतीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा स्याङ्जाका बिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ फाल्गुन २०८०
  • 35.9K
    Shares

जिल्ला प्रहरी कार्यालय स्याङ्जा

स्याङ्जा, ८ फागुन २०८०/

१९ वर्षीया एक युवतीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा स्याङ्जाबाट एक युवा पक्राउ परेका छन्। स्याङ्जाको गल्याङ नगरपालिकाबाट १९ वर्षीय सिजन विकलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्त बिकले गत माघ २१ गते गल्याङ नगरपालिकास्थित चिउरीको पुल पारी जङ्गलको रुखमा झुन्डिएर मृत्यु भएकी स्याङ्जा पुतलीबजार नगरपालिका -५ कि १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप प्रहरीले लगाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक सञ्जय बहादुर राउतले ती युवतीको मृत्यु सम्बन्धमा अनुसन्धान गर्दै जाँदा आत्महत्या गर्न दुरुत्साहन गरेको देखिए पछि बिकलाई पक्राउ गरिएको जानकारी दिए। अभियुक्त बिकलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप लिई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार