चरेशलगायत धातुका भाँडाकुँडासहित लमजुङबाट एक युवा पक्राउ

चरेशलगायत धातुका भाँडाकुँडासहित लमजुङबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ फाल्गुन २०८०
  • 7K
    Shares

लमजुङ, ७  फागुन २०८० /

चरेशलगायत धातुका भाँडाकुँडासहित लमजुङ सदरमुकाम बेंसीशहरबाट एक युवा पक्राउ परेका छन्। सीशहर नगरपालिका ९ का २२ वर्षीय प्रेम सुनारलाई शेरा चोक नजिकै क्षेत्रबाट शुक्रबार मध्यरात चोरीका चरेशलगायत धातुबाट बनेका विभिन्न भाँडाकुँडासहित प्रहरीले पक्राउ गरेको हो।

ती युवकको साथबाट चरेशका थाल चार वटा, चरेशका कचौरा ६ वटा, लोटा चार वटा, कसौंडी ४ वटा, चरेशको गिलास नै वटा, पित्तलको पनियु एक थान, तामाको लोटा दुइ वटा, अक्षता राख्ने तामाको राम्रो खाले थाली एउटालगायत सामग्री बरामद भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले अभियुक्त सुनारलाई बोरामा हालेर हिँडिरहेको अवस्थामा शुक्रबार मध्यरात पक्राउ गरिएको बताए।

मध्यराती सवा १२ बजेतिर बोरा बोकेर हिँडिरहेको र शंकास्पद अवस्थामा प्रहरीले सोधपुछ गर्ने क्रममा बोरामा चरेशलगायत धातुका भाँडाकुँडा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको छानविन भइरहेको बताएको छ ।

प्रतिक्रिया