गोरखामा १२ वर्षीया बालिका वलात्कृत, बुद्धिमान पक्राउ

गोरखामा १२ वर्षीया बालिका वलात्कृत, बुद्धिमान पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ फाल्गुन २०८०
  • 6.5K
    Shares

गोरखा, ७  फागुन २०८० /
१२ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट एक जनालाई पक्राउ गरेको छ।  गोरखाको बारपाक सुलिकोट गाउपालिक वडा नं.४ सौरपानी घुन्चोक बस्ने ६०वर्षीय बुद्धिमान बि.क.लाई प्रहरीले १२ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।
अभियुक्त बिकले ती बालिकालाई चार दिन अघि गत बिहिबार रातको समयमा ललाईफकाई आफ्नो घरमा लगेर वलात्कार गरेको आरोप प्रहरीले लगाएको छ।  आफ्नी छोरी वलात्कृत भएको थाहा पाए पछि उनका बुबाले बिकबिरुद्ध प्रहरीमा उजुरी दिएको प्रहरीले जानकारी दिएको छ।
बिकबिरुद्ध य्जुरी परेपछि प्रहरीले पक्राउ गरेर जिल्ला अदालत गोरखामा जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया