पोखरामा मोबाइल पसल चोरी गरेको आरोप लागेका युवा दुई वटा आइफोन लगायत चार वटा मोबाइलसहित पक्राउ

पोखरामा मोबाइल पसल चोरी गरेको आरोप लागेका युवा दुई वटा आइफोन लगायत चार वटा मोबाइलसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ फाल्गुन २०८०
  • 35K
    Shares

मोबाइल पसल चोरी गरेको आरोपमा पक्राउ परेका प्रेम गुरुङ

पोखरा, ६ फागुन २०८० /

पोखराको मुटु मानिने महेन्द्रपुलस्थित एक मोबाइल पसल चोरी गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ। स्याङजाको विरुवा गाउपालिका वडा नं.८ आरुखर्क घर भइ हाल पोखरा १२ माटेपानीस्थित गुम्बाफेदीमा बस्ने २१ वर्षीय को प्रेम गुरुङलाई प्रहरीले पोखराको महेन्द्रपुलस्थित मोबाइल पसल चोरी गरेको आरोपमा पक्राउ गरेको हो।

पक्राउ परेका अभियुक्त गुरुङको साथबाट iPhone11 थान १, iPhoneX थान १, SAMSUNG मोबाईल थान १ र रेडमी मोबाईल थान १ गरी चार वटा मोबाईल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ। ।

प्रतिक्रिया