तनहुँको आँबुखैरेनीमा गएराती जिप पल्टँदा एक युवा मृत्यु, सात जना घाइते (नामावलीसहित)

तनहुँको आँबुखैरेनीमा गएराती जिप पल्टँदा एक युवा मृत्यु, सात जना घाइते (नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ फाल्गुन २०८०
  • 14.3K
    Shares

तनहुँको आँबुखैरेनीमा भएको जिप दुर्घटना

तनहुँको आँबुखैरेनीमा गएराती भएको बोलेरो जिप दुर्घटनामा एक जना युवाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन्। तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं २ नारीघाटस्थित पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आँबुखैरेनी तर्फ जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जिप शनिबार साँझ ६:१० बजे दुर्घटनाग्रस्त हुँदा एक युवाको मृत्यु भएको हो।

सो दुर्घटनामा परी गम्भीर घाइते बनाएका चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ बस्ने वर्ष २२ को सागर गुरुङको भरतपुर अस्पताल चितवनमा उपचारका क्रमामा राती ११.१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सो दुर्घटनामा परी घाइते हुनेमा चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ५ बस्ने २२ बर्षको डम्बर बहादुर गुरुङ, बर्ष २४ को कमल गुरुङ, बर्ष ४६ को रुद्र बहादुर चेपाङ, वर्ष १८ को जित गुरुङ, ईच्छाकामना गाउँपालिका वडा न ६ बस्ने वर्ष १९ को रुपक गुरुङ र भरतपुर महानगरपालिका वडा न २९ बस्ने बर्ष ३४ को टेस्ट बहादुर गुरुङ रहेका छन । उनिहरुको पुरानो मेडिकल कलेज भरतपुर चितवन उपचार भईरहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते गोरखा शहिद लखन गाउँपालिका वडा न। ३ बस्ने बर्ष ३० को पुर्ण गुरुङ भने डिस्चार्ज भईसकेका छन ।

उक्त बोलेरो जिप अनियन्त्रित भई सडकको छेउमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । दुर्घटनापश्चात बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटना सम्बधमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार