पोखरा, ४ फागुन २०८० /
तनहुँमा मोटरसाइकल र ट्याक्टर एकापासमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ।
साँखेबाट दुलेगौडा जाँदै गरेको ग ७ प ६९२४ नम्बर को मोटरसाइकल र दुलेगौंडाबाट आइरहेको ग १ त ३९९४ नम्बरको ट्याक्टर
शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० छाब्दी देउरालीमा एकापसमा ठोक्किएको हो।
उक्त दुर्घटनामा परेर मोटरसाइकल सवार शुक्लागण्डकी नगरपालिका १ निवासी ४५ वर्षिया पिपलकौरी गुरुङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घतानापश्चात आबश्यक अनुसन्धानका लागि दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सांकेतिक चित्र