पोखरा, ३ फागुन २०८० /
पोखरामा नशालु पदार्थ मिसिएको लड्डु खुवाएर यात्री लुटपाट गर्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतको बिहार मोतिहारी जिल्ला संग्रापुर बस्ने ४६ वर्षीय दिलिप पटेल पोखरामा नशालु पदार्थ मिसिएको लड्डु खुवाएर यात्री लुटपाट गरेको आरोपमा पक्राउ परेका हुन्।
अभियुक्त पटेललाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–९ बसपार्कमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अभियुक्त पटेलको साथबाट प्रहरीले नशालु पदार्थ मिसावट गरिएको एक प्याकेट लड्दुसमेत बरामद गरिएको प्रहरीले बताएको छ । अभियुक्त पटेलबिरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धका कसुरमा तीन दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।