भ्यालेन्टाइन मनाउने नाममा नाबालिकालाई बेहोश हुने गरी वलात्कार गर्ने किशोर लहानबाट पक्राउ

भ्यालेन्टाइन मनाउने नाममा नाबालिकालाई बेहोश हुने गरी वलात्कार गर्ने किशोर लहानबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 10K
    Shares

पोखरा, ३ फागुन २०८० /

भ्यालेन्टाइन मनाउने नाममा १५ वर्षीया नाबालिकालाई बेहोश हुने गरी वलात्कार गर्ने एक किशोर लहानबाट पक्राउ परेका छन्। लहान नगरपालिका २ स्थित कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव नाबालिका वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

यादवले ती किशोरीलाई ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर बेहोश हुने गरे वलात्कार गरेको आरोप प्रहरीले लगाएको छ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार, बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए । बलात्कृत नाबालिकाको अवस्था गम्भीर छ । बलात्कृत नाबालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।

पीडित परिवारले मध्यराति १२ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो। पिडित पक्षबात सुचना पाए पछि वलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया