पोखरा, २ फागुन २०८० /
जेसिबीको पार्टपुर्जा किन्दा खातामा पैसा नभएको चेक दिने एक जना निर्माण ब्यबसायीलाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ। गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं.५ घर भई हाल गोरखा नगरपालिका वडा नं.६ बस्दै आएका नवप्रभात निर्माण सेवा प्रा.लि.का सञ्चालक ३७ वर्षीय चित्र प्रसाद भट्टलाई प्रहरीले गोरखाबाट पक्राउ गरेको हो।
अभियुक्त भट्टले आफ्नो स्वामित्वमा रहेको जेसिबीको पार्टपुर्जा किन्दा एक लाख नौ हजार छसय ३६ रुपियाँ बराबरको रकम खातामा नभएको थाहा हुँदाहुँदै अर्थ मुर्भस प्रा.लि.लाइ चेक दिएको प्रहरीले जानकारी दिएको छ।
उक्त चेक सटहीको लागि जाँदा खातामा पर्याप्त रकम नभएको भन्दै बैंकले जानकारी दिए पछि अर्थ मुर्भस प्रा.लि.का तर्फबाट कृष्ण प्रसाद तिवारीले जिल्ला प्रहरी कार्यालय गोरखामा बैकिङ कसूर शीर्षकमा उजुरी दिएको प्रहरीले बताएको छ। अभियुक्त भट्टलाई गोरखा नगरपालिका वडा नं.६ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भट्टबिरुद्ध गोरखा जिल्ला अदालतबाट बैकिङ कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।