यात्रुबाहक बस नाग्दी खोलामा खस्दा १२ यात्रु जना घाइते

यात्रुबाहक बस नाग्दी खोलामा खस्दा १२ यात्रु जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० बैशाख २०७३
  • 14.1K
    Shares

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत गृह नजिकैको पुलबाट यात्रुबाहक बस नाग्दी खोलामा खस्दा १२ यात्रु जना घाइते भएका छन् ।  मुग्लिङबाट दमौली आउँदै गरेको ना ४ ख ७९२४ नम्बरको यात्रुवाहक बसअघि दिउँसो खोलामा खसेको हो ।

तीव्र गतिमा आइरहेको बस अनियन्त्रित भएर करिब ४० मिटर तल खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक लेमप्रताप सेनले बताए । दुर्घटनामा घाइतेमध्ये चालकसहित तीनको अवस्था गम्भीर छ ।

घाइतेहरुमध्ये तीनजनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रमुख ओमप्रसाद पौडेलले बताए । घाइतेमध्ये तीनजनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको छ ।  तीन जनालाई भरतपुर तथा तीन जनालाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया