पोखरा, २९ माघ २०८० /
रातको समयमा पोखराको सभागृहचोकमा पैदलयात्रीलाई लुटपाट गर्ने स्याङ्जा घर भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। रातको समयमा पोखराको सभागृहचोकमा पैदलयात्रीलाई लुटपाट गरेको आरोपमा स्याङ्जा स्थायी घर भई हाल पोखराको पृथ्वीचोक वस्ने वर्ष २४ को आदर्श देवकोटालाई वडा प्रहरी कार्यालय बैदाम पोखराको टोलीले पक्राउ गरेको हो।
अभियुक्त देवकोटा लगायत तीन जनाको समुहले गएको शनिबार राती करीब १० बजेको समयमा पोखराको सभागृहचोकमा हिडिरहेका पैदलयात्रीलाई धम्क्याएर एकहजार तीन सय रुपियाँ लुटपाट गरेको आरोप प्रहरीले लगाएको छ
उक्त घटनामा संलग्न रहेको आरोप लागेका देवकोटाबिरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । सोही लुटपाटमा संलग्न अन्य दुई जनाको खोजी भैरहेको र फरार अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।