झगडा गरिरहेका यादव पेस्तोलसहित पक्राउ

झगडा गरिरहेका यादव पेस्तोलसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ माघ २०८०
  • 4.6K
    Shares

कटुवा पेस्तोलसहित पक्राउ परेका सरोज यादव

पोखरा, २९ माघ २०८० /

सिराहामा झगडा गरिरहेका एक युवा कटुवा पेस्तोलसहित पक्राउ परेका छन्। सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव कटुवा पेस्तोलसहित पक्राउ परेका हुन्।

उनलाई गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा राम पुकार शर्माको घरमा पुगेर बादविवाद गरिरहेका बेला कटुवा पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

बादबिबाद भैरहेको खबर पाएर झागदास्थलमा पुगेको प्रहरीले उनको शरीर खानतलासी गर्दा लुकाइराखेको कटुवा पेस्तोल बरामद भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया