अन्नपूर्ण संरक्षण क्षेत्रबाट अबैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गरेको भन्दै भन्दै दुई ट्रिपर प्रहरी नियन्त्रणमा

अन्नपूर्ण संरक्षण क्षेत्रबाट अबैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गरेको भन्दै भन्दै दुई ट्रिपर प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ माघ २०८०
  • 5.8K
    Shares

पोखरा, २९ माघ २०८० /

अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गरेको भन्दै प्रहरीले पोखराको लामाचौरबाट दुई वटा ट्रक तथा ट्रिपरहरुलाई समातेको छ। पोखरा १६ लामाचौरबाट आइतबार बिहान करीब १० बजेको समयमा ग १ ख ८५८६ नम्बरको मिनि टिप्पर र बा २ ख ३०४६ नम्बरको टिप्परलाई अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा चोरी निकासी गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

गिट्टी, बालुवा बोकेर आएका ती ट्रिपरहरुलाई लामाचौरस्थित प्रहरीको सीआरभी टोलीले रोकेर चेकजांच गर्दा ती ट्रिपरहरुले अन्नपूर्ण संरक्षण आयोजनाबाट अबैध रुपमा पोखरा ल्याएको देखिए पछि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ। प्रहरीले अबैध रुपमा ढुंगा, बालुवा, गिटी चोरी निकासी गर्ने ती ट्रिपरहरुलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा र आन्तरिक राजश्व कार्यालय पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार