सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा गोरखाका युवा नवलपुरबाट पक्राउ

सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा गोरखाका युवा नवलपुरबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ माघ २०८०
  • 4.8K
    Shares

गोरखा, २६ माघ २०८० /

विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा गोरखा घैरुङका एक युवा नवलपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–६ घैरुङ घर भएका ३२ वर्षीय आकाशचन्द्र परियार भएको नवलपुर प्रहरीले पुष्टी गरेको हो ।

हाल विनयी त्रिबेणी गाउँपालिका–४ बैरेनी नवलपुर बस्दै आएका परियारलाई प्रहरी बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

परियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया