भ्रस्टाचारी इन्जिनियर अजयकुमार मेहतालाई एक महिना कैद सजाय

भ्रस्टाचारी इन्जिनियर अजयकुमार मेहतालाई एक महिना कैद सजाय


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ माघ २०८०
  • 3.8K
    Shares

इन्जिनियर अजयकुमार मेहता

पोखरा, २६ माघ २०८० /

विशेष अदालतले एक जना इन्जिनियरलाई भ्रस्टाचारी ठहर गर्दै एक महिना कैद सजायको फैसला सुनाएको छ। विशेष अदालतले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद सजाय सुनाएको हो।

गत वर्ष चैतमा २० हजार रुपैयाँ घूससहित पक्राउ परेका उनलाई विशेष अदालतले दोषी ठहर गरेको प्राप्त समाचारमा जनाइएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीबाट २० हजार रुपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना पनि हुने ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले इन्जिनियर मेहतालाई विराटनगर महानगरपालिका-५ पुल्चोक छेउबाट पक्राउ गरेको थियो। उनी घरको नक्सापासका लागि सेवाग्राहीबाट घूस लिँदालिँदै रंगेहात पक्राउ परेका थिए।

प्रतिक्रिया