पोखरा, २६ माघ २०८० /
बिगो लेनदेन सम्बन्धि मुद्दामा आफैले तोकेको एक वर्ष कैद सजायं पाएकी पोखरा ११ फुलाबारीकी ४४ वर्षीया दिपा लामिछानेलाई जिल्ला अदालत कास्कीले कैद मुक्त गरेको छ।
प्रहरीका अनुसार, जिल्ला प्रहरी कार्यालय कास्कीले तीन दिन अघि पक्राउ गरेर फैसला कार्यान्बयन गर्न जिल्ला अदालत कास्कीमा बुझाएको थियो। बिगो लेनदेन सम्बन्धि मुद्दामा कास्की जिल्ला अदालतले गएको माघ ५ गते उनलाई एकबर्ष कैद सजाय फैसला गरेको बताइएको छ।
प्रहरीले फैसला कार्यान्बयानका लागि अदालतमा बुझाएकोमा निज दिपा लामिछानेले बादीलाई दाखिला गर्नुपर्ने रकम दाखिला गरी फैसला कार्यान्बयन भएकाले कैदमा राख्नु नपर्ने भनी आदेश भएकोले निज दिपा लामीछानेलाई कैद मुक्त गरिएको पत्र प्राप्त भएको प्रहरीले जनाएको छ।