पोखरामा मध्यराती रक्सी खाएर कुटाकुट गर्ने स्याङ्जाका चार युवा प्रहरीको खोरमा पुगे

पोखरामा मध्यराती रक्सी खाएर कुटाकुट गर्ने स्याङ्जाका चार युवा प्रहरीको खोरमा पुगे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ माघ २०८०
  • 246.5K
    Shares

पोखरामा रक्सी खाएर कुटाकुट गर्ने स्याङ्गजाका युवा

पोखरा, २६ माघ २०८० /

मध्यरातमा रक्सी खाएर आपसमा कुटाकुट गर्ने चार जना युवा प्रहरीको खोरमा पुगेका छन्। बुधबार मध्यराती पोखरा महानगरपालिका वडा नं. ९ नागढुङ्गामा रक्सी खाएर एकआपसमा कुटाकुट गरिरहेका चार जना वडा प्रहरी कार्यालय बैदाम पोखराको खोरमा पुगेका हुन्।

यतिबेला स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ८ घर भएका बर्ष २७ को युबराज गुरुङ, पुतलीबजार वडा नं.२ घर भएका बर्ष ३३ को जिबन गुरुङ र बर्ष २५ को सुल्सि गुरुङ भन्ने कृर्तन गुरुङ, पुतलीबजार वडा नं.८ घर भएका बर्ष २५ को सुमन सुनार वडा प्रहरी कार्यालय बैदामको हिरासतमा रहेको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरु सबै पोखरा १५ बस्दै आएको खुलेको छ ।

नागढुंगामा केही युवाहरु रक्सी खाएर आपासमा झगडा गरिरहेका छन् भन्ने सुचना पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए। उनीहरुविरुद्ध अभद्र व्यवहार सम्वन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया