बैबाहिक भोज कार्यक्रमबाट गरगहनासहितको ब्याग चोरी गरेर भागेका पोखरा बाटुलेचौरका श्रेष्ठ पक्राउ

बैबाहिक भोज कार्यक्रमबाट गरगहनासहितको ब्याग चोरी गरेर भागेका पोखरा बाटुलेचौरका श्रेष्ठ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ माघ २०८०
  • 8.6K
    Shares

बैबाहिक समारोहबाट महिलाको ब्याग चोरी गरेर भागेका पोखरा बाटुलेचौरका संजय श्रेष्ठ

पोखरा, २६ माघ २०८० /

बैबाहिक भोज कार्यक्रमबाट महिलाको धनमालसहितको ब्याग चोरी गरेर भागेका एक युवा पोखराबाट पक्राउ परेका छन्।

पोखराको नदीपुरस्थित शाक्य समाज घरमा आयोजित बैबाहिक भोज कार्यक्रममा सहभागी एक महिलाले बुधबार साँझ सात बजे टेबुलमा राखेको भनिएको ब्याग चोरी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने ३५ वर्षीय सञ्जय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय बगर पोखराको टोलीले अभियुक्त श्रेष्ठलाई चोरीको ब्यागसहित शाक्य समाज नजिकै रहेको नारायणथान मन्दिर नजिकैबाट करीब पौने दुई घण्टा पछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले श्रेष्ठको साथ्य्बात बरामद भएको ब्यागबाट चोरीको सामानहरु लेडिज
व्याग – १ थान, नगद रु.१२ हजार पाचंह सय, सुनको कानमा लगाउने टप दुई थान, सुनको तिलहरी एक थान, चार्जरसहितको एक थान मोवाईल समेत बरामद भएको प्रहरीको दाबी छ।

अभियुक्त श्रेष्ठबिरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया