पोखरा, २५ माघ २०८० /
जुवातास खेलिरहेको अवस्थामा दुई महिलासहित आठ जना जुवाडे पोखराबाट पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिकमा जुवातास खेलिरहेका आठ जनालाई प्रहरीले बुधबार साँझ पांच बजे पक्राउ गरेको हो।
प्रहरीले पक्राउ गरेका जुवाडेहरुमा पोखरा २७ तालचोक बस्ने बर्ष ५६ को दल बहादुर गुरुङ, सोही ठाउँको ४० वर्षीय कुम बहादुर गुरुङ, सैनिकबस्तीकी ३३ वर्षीया शान्ता मल्ल ठकुरी र पोखरा ३१ मोहरियाका ३७ वर्षीय जीवन शाही रहेका छन्। त्यस्तै पोखरा २९ सैनिकबस्तीकी ३६ वर्षीया सितादेवी गुरुङ, सोही ठाउँका ५७ वर्षीय तुल बहादुर पुन, ५६ वर्षीय भुपाल गुरुङ र ४८ वर्षको दुर्गा गुरुङलाई पनि सोहि जुवाखालाबात जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको साथबाट ५७ हजार एकसय ९५ रुपियाँ र तीन बुक तास पनि बरामद भएको प्रहरीले दाबी गरेको छ। उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।