पोखरा, २४ माघ २०८० /
पोखरा महानगरपालिका वडा नम्बर ११ फुलाबारीकी एक महिला जेल चलान भएकी छिन। लेनदेन सम्बन्धि मुद्दामा जिल्ला अदालत कास्कीले एक वर्ष कैद सजायं तोकिएकी पोखरा ११ फुलाबारीकी ४४ वर्षीया दिपा लामिछाने जेल चलान भएकी हुन्।
प्रहरीका अनुसर, जिल्ला अदालत कास्कीले गएको माघ ५ गते बिगो लेनदेन सम्बन्धि मुद्दामा लामिछानेलाई एक वर्ष कैद सजाय तोकेको थियो । त्यस यता फरार रहेकी उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर फैसला कार्यन्वयनको लागि अदालतमा पठाएको थियो।