मार्ने उद्देश्यले छिमेकीलाई ढुंगाले हानेको आरोपमा गोरखाबाट गाजले पक्राउ

मार्ने उद्देश्यले छिमेकीलाई ढुंगाले हानेको आरोपमा गोरखाबाट गाजले पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ माघ २०८०
  • 4.7K
    Shares

छिमेकीलाई ढुंगाले हानेको आरोप लागेका गोरखाका गाजले नेपाली

गोरखा, २३ माघ २०८० /

मार्ने उद्देश्यले छिमेकीलाई ढुंगाले हानेको आरोपमा गोरखाबाट एक जना व्यक्ति पक्राउ परेका छन्। गोरखाको सिरानचोक गाउँपालिका वडा नं.६ मुसेखोलाका ३५ वर्षीय गाजले भन्ने सन्तोष नेपाली आफ्नै छिमेकी ४७ वर्षीय ईन्द्र बहादुर बि.क.लाई मार्ने उद्देश्यले ढुंगाले हानेको आरोपमा पक्राउ परेका हुन्।

अभियुक्त नेपालीले छिमेकी बिकलाई आइतबार साँझ साढे छ बजेको समयमा टाउको तथा अनुहारको भागमा ढुंगाले हानेर गम्भीर घाइते बनाएको आरोप लगाएको छ। हाल जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका गाजले भन्ने सन्तोष नेपालीबिरुद्ध गोरखा जिल्ला अदालत गोरखामा ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।
\

प्रतिक्रिया