गोरखा, २३ माघ २०८० /
१४ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा गोरखाबाट एक जना पक्राउ परेका छन्। गोरखा जिल्लाको शहिदलखन गाउँपालिका वडा नं.६ ज्यामीस्वाँरा बस्ने बर्ष ५५ को मिन बहादुर थापा १४ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
अभियुक्त थापाले गत शुक्रबार बिहान अं.११:३० बजेको समयमा स्थानीय एक १४ वर्षीया बालिकालाई ललाई-फकाई आफ्नो घर भित्र लगी जबरजस्ती करणी गरेको प्रहरीले आरोप लगाएको छ।
अभियुक्त थापाविरुद्ध पिडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिए पछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। थापाविरुद्ध गोरखा जिल्ला अदालतमा जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।