पोखरा बाटुलेचौरका जिसी जेल चलान

पोखरा बाटुलेचौरका जिसी जेल चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ माघ २०८०
  • 56.9K
    Shares

पोखरा, १८ माघ २०८० /

पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरका अजय जिसी जेल चलान भएका छन्। लागू औषध सम्बन्धि मुद्दामा अदालतले दुई वर्ष जेल सजायं तोकेका जिसी अदालतको आदेश वमोजिम जेल चलान भएका हुन्।

प्रहरीका अनुसार, कास्की जिल्ला अदालतले गएको जेठ १९ गते जिसिबिरुद्ध लागू औषध डाईजेपाम समेतको मुद्दामा दुई वर्ष कैद सजाय र एक लाख, चार हजार रुपैँया) जरिवानाको सजाय फैसला गरेको थियो। तर उनले दुई महिना १६ दिन कैद भुक्तान गरिसकेको अवस्थामा बाँकी एक वर्ष नौ महिना १४ दिन कैद सजाय र एक लाख चार हजार रुपैँया) भुक्तान गर्न बाँकी रहेको बताइएको छ।

सजायं भुक्तान गर्न बाँकी रहेका जिसीलाई प्रहरीले पक्राउ गरेर फैसला कार्यान्वयनका लागि बुधबार कास्की जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेश वमोजिम जेल चलान भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार