पोखरा, १८ माघ २०८० /
पोखरा महानगपालिका वडा नम्बर १९ स्थित भुनपुरेबाट अबैध काठसहित एकुता बोलेरो जिपलाई प्रहरीले समातेको छ। वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले अवैध काठसहित ग २ च ५३५७ नम्बरको बोलेरो जीपलाई समातेको हो।
पुरन्चौरबाट लामाचौरतर्फ आउँदै गरेको उक्त बोलेरो जीप चेकजाँच गर्ने क्रममा लोड गरिराखेको दुइसय ७२ थान चिरुवा काठ (फल्याक) फेला परेको प्रहरीले जानकारी दिएको छ।
सोधिखोजिका क्रममा उक्त काठको प्रयोजन खुल्ने कागजात नभएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ ।