पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दु:ख-हैरानी दिने छ जना पक्राउ

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दु:ख-हैरानी दिने छ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ माघ २०८०
  • 7.7K
    Shares

प्रहरी नै पक्राउ

पोखरा, १८ माघ २०८० /

पर्यटकीय नगरी पोखराको लेकसाईड क्षेत्रमा पर्यटकहरुलाई दु:ख-हैरानी दिने छ जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी तोलील्के पोखरा महानगरपालिका–६ लेकसाइडस्थित हल्लनचोकमा पर्यटकहरुलाई बाटो छेक्ने, झोला तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने, सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्य गरेको सूचनाको आधारमा ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ गरेका अभियुक्तहरुमा पोखरा ६ लेकसाइड बस्ने २२ वर्षीय सुदिप अर्याल, २६वर्षीय संदिप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्र बहादुर प्रधान, २३ वर्षीय सुशिल महतो र २६ वर्षीय राजन पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

मंगलाबार पक्राउ परेका उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया