पोखरा ल्याइदै गरिएको करीब एक किलो गाँजासहित दुई युवा पक्राउ

पोखरा ल्याइदै गरिएको करीब एक किलो गाँजासहित दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ माघ २०८०
  • 6.6K
    Shares

पोखरा, १६ माघ २०८० /

पोखरा ल्याइदै गरेको झन्डै एक किलो गाँजासहित दुई युवा पक्राउ परेका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट पोखरा ल्याइदै गरेको अबैध लागूऔषध गाँजा एक किलो ३० ग्रामसहित दुई युवा पक्राउ परेका हुन्।

पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनका वर्ष ३४ का कुमार सुनार र वर्ष २८ का सन्तोष सुनारलाई माछापुच्छ्रे गाउँपालिका वडा नं.२ भुर्जुङखोलाको कोल्चोकस्थित चेकजाँचका क्रममा अबैध लागूऔषध गाँजा एक किलो ३० ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरी चौकी सार्दीखोलाबाट खटिएको टोलीले उनीहरुलाई आइतबार साँझ ५ बजे भुर्जुङखोलाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका दुवैविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी श्रवण कुमार विकले जानकारी दिए ।

प्रतिक्रिया