पोखरा, १६ माघ २०८० /
अबैध रुपमा ढुंगा पोखरा भित्र्याउदै गरेको अवस्थामा दुई वटा ट्रिपरलाई प्रहरीले समातेर कारबाहीका लागि पोखरा म्हानागरपालिकामा बुझाएको छ।
आइतावार दिउँसो ४ बजे पोखरा महानगरपालिका वडा नम्बर १ जौबारीस्थित प्रहरी पोस्टमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा ढुंगा पोखरा भित्र्याउदै गरेको देखिए पछि दुई वटा ट्रिपरलाई समातेर कारबाहीका लागि पोखरा महानगरपालिकामा बुझाइएको हो।
अबैध रुपमा ढुंगा पोखरा भित्र्याउदै गरॆका ग २ ख ३०९ नम्बरको टिप्पर र लु २ ख ८१६ नम्बरको टिप्परलाई वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिई गएको प्रहरी टोलीले समातेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा प्रयोजन खुल्ने कागजात नभेटिए पछि कारबाहीका लागि महानगरको कार्यालय पठाईएको प्रहरीले जनाएको छ।