पोखरा, १६ माघ २०८० /
मध्यरातमा एनएमबी बैंकको एटिएम फोड्दाफोड्दै एक जना युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं.०५ जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम फोड्दाफोड्दै गरेको अवस्थामा पोखरा १७ विरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल पक्राउ परेका हुन् ।
पैसा चोरी गर्ने उद्देश्यले बैंकको एटीएम मेसिन फोडीरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले आइतबार मध्यराती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए।
पक्राउ परेका पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता डिएसपी विकले बताए ।