गोरखामा पक्राउ परे बैकिङ कसूरका दुई जना : एउटा तारेखमा छुटे, अर्का जेल पठाइए

गोरखामा पक्राउ परे बैकिङ कसूरका दुई जना : एउटा तारेखमा छुटे, अर्का जेल पठाइए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ माघ २०८०
  • 55.6K
    Shares

गिरफ्तार

काठमाण्डौ, १५ माघ २०८० /

बैकिङ कसूरमा अदालतले दोषी ठहर गरेको भए पनि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बैकिङ कसूरमा अदालतले दोषी ठहर गरेका गोरखा नगरपालिका–१ रामकुमार भट्ट र पालुङटार नगरपालिका–१ का गोबिन्दबावु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका पालुङटार नगरपालिका–१ खोप्लाङका अधिकारीले तीन वटा बैकिङ कसूर मुद्वामा ३–३ हजार जरिवाना तोकेकोमा उक्त रकम बुझाएर आइतबार नै घर फर्किएका छन् भने अर्का गोरखा नगरपालिका–१ ताप्लेका भट्ट भने अदालतको आदेशले कारागार चलन भएका छन् ।

अदालतले बैकिङ कसूर मुद्दामा नै भट्टको हकमा दुइ लाख ५० हजार जरिवाना र तीन दिन कैद फैसला गरेको थियो । पक्राउ परेका दुवै जनालाई प्रहरीले माघ १४ गते गोरखा जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

प्रतिक्रिया