काठमाण्डौ, १५ माघ २०८० /
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–ढापटारमा आइतबार राति भएको सवारी दुर्घटनामा मृत्यु भएका युवाको पहिचान खुलेको छ । उक्त दुर्घटनमा परेर तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी प्र–३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकल चालक २६ वर्षीय सफल राना मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ क ५०१२ नम्बरको मिनी ट्रकमा सोही दिशाबाट आउँदै गरेको प्र–३–०२–००९ प ८५३० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
उक्त दुर्घटनामा परेर घाइते भएका सफलको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। मिनी ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नियन्त्रणमा लिएको छ ।