स्याङ्जामा घाँस काटेर घर फर्कदै गरेकी महिलाको करेन्ट लागेर मृत्यु

स्याङ्जामा घाँस काटेर घर फर्कदै गरेकी महिलाको करेन्ट लागेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ माघ २०८०
  • 9.1K
    Shares

स्याङ्जा १५ माघ २०८० /

स्याङ्जामा घाँस काटेर घर फर्कदै गरेकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। घाँस बोकेर घर तर्फ आउने क्रममा स्याङ्जाको पुतलीबजार–८ काहुलेकी ५० वर्षीय चन्द्रकुमारी सुनारले बोकेको घाँसले बिजुलीको पोलमा छुन गई करेन्ट लाग्दा सुनारको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले दिएको जानकारी अनुसार, आइतबार करिब साढे १२ बजेको समय घाँस काटेर आउने क्रममा सुनारले बिजुलीको पोल समात्न पुगेकी थिइन् । त्यही क्रममा उनलाई करेन्ट लागेको हो ।

पुतलीबजार नगरपालिका–८ का वडाध्यक्ष ईमबहादुर सेनले पोलमै विद्युत प्रवाह भइरहेकाले मृत्यु भएको बताए । वडाध्यक्ष सेनले उक्त बाटो भएर दैनिक गाउँलेसहित विद्यार्थी आउजाउ गर्ने भएकाले पोल नफेर्दासम्म खतरा बढेको बताए । ‘अहिलेसम्म अरु भाग्यले बचेका रहेछन् भन्नुपर्‍यो । खतराको कुनै संकेत पनि छैन । विद्यार्थीलाई धेरै जोखिम बढ्यो ।’

प्रतिक्रिया